नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

०७ भदाै, काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक समूहको १ लाख ५८ हजार ६६८ कित्ता संस्थापक सेयर निष्काशन तथा बिक्री खुला गरेको छ ।

बैंकले संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

आम सर्वसाधरणले भने यस पटकको लिलामीमा सेयर खरिद गर्न पाउने छैनन् । संस्थापक सेयरधनीबाट उक्त सेयर बिक्री नभएको खण्डमा सर्वसाधाणको लागि खुला गरिने छ ।

सेयर खरिद चाहनेले आज (भदौ ७) गतेदेखि ३५ दिनभित्र बैंकको सेयर शाखा लाजिम्पाट काठमाण्डौंमा सम्पर्क गर्न सक्नेछन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours