नेपाली सेनाले माग्यो २ सय ८० अधिकृत

०७ भदाै, काठमाडाैं । नेपाली सेनाले अधिकृत पद (सहायक सेनानीरउपसेनानी) मा २८० जनाका लागि भर्ना गर्ने भएको छ । सेनाले शुक्रबार सार्वनजिक सूचना जारी गर्दै आवेदन माग गरेको हो ।

जसमा खुलातर्फ १४७, आदिवासी जनजाती कोटामा ३८, मधेशी कोटामा ३३, दलित कोटामा १८ र पिछडिएको क्षेत्रका लागि ६ जनाका लागि भर्ना खुलेको हो ।

यसैगरी सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक रुपमा अशक्त नेपाली सैनिकका सन्ततीका लागि १४ सिट छ्ट्याइएको छ ।

आवेदकले भदौ ७ गतेदेखि असोज ५ गतेसम्म आवेदन दिन सक्ने छन् । असोज ६ गतेदेखि १२ गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त बुझाउन सकिने छ ।

प्रमाणपत्र तह वा सो सरहको शैक्षिक योग्यता हुनेको हकमा दरखास्त पेश गर्ने आवेदक १८ वर्ष पुरा भई २१ वर्ष ननाघेको हुनुपर्नेछ भने स्नातक तह वा सो सरहको शैक्षिक योग्यता हुने भने १८ वर्ष पुरा भई २४ वर्ष ननाघेको हुनुपर्नेछ ।

army-1724384643.jpg

You May Also Like

More From Author

+ There are no comments

Add yours