सुनको भाउ एकैदिन प्रतितोला ५ सय रुपैयाँ घट्यो

०७ भदाै, काठमाडाैं । शुक्रबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँ घटेको छ । बिहीबार ११०० रुपैयाँ बढेर रेकर्ड बनाएको सुनको भाउ शुक्रबार ५ सय रुपैयाँ घटेको हो ।

शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार चाँदी १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस सुन २ हजार ४९३ दशमलव २६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ दशमलव २१ डलरमा कारोबार भइरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours