प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

०७ भदाै, काठमाडाैं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले २ लाख २७ हजार १३० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा संस्थापक लगायत अन्य व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले आज भदौ ७ गतेदेखि ७ दिनभित्र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा आवेदन दिनु पर्ने छ ।

कम्पनीले यसअघि उक्त सेयर संस्थापक सेयरधनीको लागि बिक्री खुला गरेको थियो । संस्थापक सेयरधनीबाट ३५ दिनभित्र आवेदन नपरेको भन्दै कम्पनीले उक्त सेयर अन्य व्यक्तिलाई बिक्री गर्ने भएको हो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours