अमेरिकी डलर, युरो, पाउन्ड र दिनारको मूल्य बढ्दा अस्ट्रेलियन डलरको घट्यो

०६ भाद्र, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा निर्धारण भएको छ। हिजो बढेको अमेरिकी डलरको मूल्य आज थप बढेको हो।

हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५८ पैसा थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४९ रुपैयाँ २७ पैसा र बिक्रीदर १४९ रुपैयाँ ९४ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५८ पैसा थियो।

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७५ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५५ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७४ रुपैयाँ ६० पैसा र बिक्रीदर १७५ रुपैयाँ ३८ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ २४ पैसा र बिक्रीदर ९० रुपैयाँ ६५ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ २९ पैसा र बिक्रीदर ९० रुपैयाँ ६९ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४४० रुपैयाँ ५४ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर ४४० रुपैयाँ २८ पैसा थियो।

आजको लागि बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३५७ रुपैयाँ २८ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३५७ रुपैयाँ १२ पैसा थियो।

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची

You May Also Like

More From Author

+ There are no comments

Add yours