रवि लामिछानेलाई सहकारी छानबिन विशेष समितिले बोलायो

०६ भदौ, काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ ।

समिति सभापति सूर्य थापाका अनुसार पूर्वगृहमन्त्री लामिछानेलाई शुक्रबार सोधपुछका लागि बोलाइएको हो ।

लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको हो ।

समितिले लामिछानेलाई दिउँसो २ बजे सोधपुछमा बोलाएको छ । लामिछानेसँगै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई भने शुक्रबार बिहान ११ बजे बोलाइएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours