नेशनल फण्ड म्यानेजमेन्टले अवितरित हकप्रद शेयर लिलाम बढाबढ मार्फत बिक्री गर्दै

०६ भदाै, काठमाडाैं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले संस्थापक समूहको अवितरित हकप्रद शेयर लिलाम बढाबढको माध्यमबाट बिक्री गर्ने भएको छ ।

कम्पनीले यसअघि चुक्ता पूँजी ५४ करोड रुपैयाँको २१ अर्थात ५० प्रतिशतले हुन आउने प्रति शेयर अंकित मूल्य ५० रुपैयाँका दरको सत्ताइस करोड रुपैयाँ बराबरको ५४ लाख कित्ता हकप्रद शेयर बिक्री खुलाएको थियो । जसमध्ये बिक्री नभई बाँकी रहेको ११ लाख ७२ हजार कित्ता हकप्रद शेयर लिलाम बढाबढ मार्फत बिक्री खुलाएको हो ।

उक्त सेयरमा संस्थापक शेयरमा हाल कायम संस्थापक शेयरधनी, योग्य व्यक्ति, संघ÷संस्था कम्पनीले आवेदन दिन सक्ने छन् । लगानीकर्ताले भदौ १३ गतेदेखि भदौ २० गतेभित्र धितोपत्र व्यवसायी सानिमा क्यापिटल लिमिटेड, सममार्ग, नक्साल १, काठमाण्डौमा आवेदन दिन सक्ने छन् ।

शेयर खरिदको लागि बोलकबोल पेश गर्दा न्यूनतम २० हजार कित्ताको लागि आवेदन दिनुपर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद लाग्ने छैन । दशमलवमा (खण्डित रुपमा आउने गरी शेयर आवेदन गर्न पाइने छैन ।

बोलपत्र आवेदन फाराममा आफुले लिन चाहेको शेयर संख्या तथा प्रति कित्ता दरको अंक र अक्षरमा स्पष्टसँग लेख्नु पर्नेछ । अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरमा लेखेकोलाई मान्यता दिइनेछ । केरमेट भएको ठाउँमा दस्तखत गर्नु पर्नेछ । धेरै केरमेट भई कबोल गरेको शेयर संख्या, प्रति कित्ता शेयर मूल्य वा जम्मा रकम नबुझिने भएमा त्यस्तो बोलपत्रलाई मान्यता दिइने छैन ।

सबैभन्दा बढी दररेटमा खरिद माग गर्ने आवेदकहरुलाई शेयर बिक्री गरिनेछ । यसबाट पनि शेयर बाँकी रहेमा त्यस पछिको बढी दररेटमा खरिद माग गर्ने आवेदकहरुलाई शेयर बिक्री गरिनेछ । बोल कबोलमा शेयर विक्री गर्दै जादा अन्तिम मुल्यमा दुई वा सो भन्दा बढी आवेदन प्राप्त भएमा बाँकी रहेको शेयर संख्याको सापेक्षित भार अनुसार शेयर बाँडफाँड गरिनेछ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours