सुनको भाउ एकैदिन प्रतितोला ११ सय रुपैयाँ घट्यो

०६ भदाै, काठमाडाैं । बिहीबार सुनको भाउ प्रतितोला ११ सय रुपैयाँ घटेको छ । बुधबार ८०० रुपैयाँ बढेर रेकर्ड बनाएको सुनको भाउ बिहीबर ११ सय रुपैयाँ घटेको हो ।

यो सँगै बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको भाउ प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार चाँदी १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस सुन २ हजार ५०१ दशमलव ६३ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ दशमलव ४२ डलरमा कारोबार भइरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours