माओवादीको आजदेखि प्रदेश तहमा छलफल

०५ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले बुधबारदेखि प्रदेश तहमा छलफल सुरु गरेको छ ।

सम्बन्धित प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरु सम्मिलित प्रदेश बैठक बागमतीबाट सुरु भएको हो । बागमतीको बैठक बुधबार र बिहीबार चल्नेछ ।

यो बैठकमा पार्टीको समीक्षा र भावी कार्यक्रमबारे छलफल हुनेछ । पार्टी कार्यक्रमबारे छलफल गर्नेगरी यसअघि माओवादीको पदाधिकारी र स्थायी कमिटी बैठक बसेको थियो ।

स्थायी समितिले प्रदेश तहमा छलफल गरी सुझाव संकलन गर्ने निर्णय गरेको थियो । जसअनुसार बुधबारबाट प्रदेश तहको छलफल सुरु भएको हो ।

केन्द्रीय कार्यालयले तय गरेको तालिका अनुसार ७–८ भदौमा उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेश, ९–१० भदौमा गण्डकी, १२–१२ भदौमा सुदूरपश्चिम, १४–१५ भदौमा कर्णाली र १६–१७ भदौमा लुम्बिनी प्रदेशको बैठक बस्नेछ ।

१८–१९ भदौमा केन्द्रीय आयोगका सदस्यहरु, २२–२३ भदौमा मधेश, २४–२५ भदौमा १ नम्बर प्रदेश, २७–२८ भदौमा जवस र केन्द्रीय विभागका सदस्यहरुको बैठक हुनेछ ।

३१ भदौदेखि १ असोजसम्म प्रवासमा रहेका केन्द्रीय सदस्यहरुको र २–३ असोजमा जेष्ठ कम्युनिष्ट मञ्च र केन्द्रीय सल्लाहकारहरको बैठक हुनेछ । यी सबै बैठक सकिएपछि पार्टी केन्द्रीय समितिको बैठक राखेर माओवादीले निर्णय लिने भएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours