आइएमई लाइफ इन्स्योरेन्सको डेपुटी सीईओमा खिलेन्द्र र दिनेश

०५ भदाै, काठमाडाैं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा खिलेन्द्र पौडेल र दिनेश अमात्य नियुक्त भएका छन् ।

दिनेशले गत श्रावण १ गतेदेखी र खिलेन्द्रले बुधबारदेखी डेपुटी सीईओको जिम्मेवारी सम्हालेका हुन् । आइएमई लिमिटेड र जिएमइको मर्जरपछि खिलेन्द्र पौडेल आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतबाट बिदा भई आइएमई लाइफमा प्रवेश गरेका हुन् ।

आइएमई लिमिटेडको स्थापनादेखि नै विभिन्न जिम्मेवारीमा रहेका खिलेन्द्र रेमिटेन्स, भुक्तानी प्रणाली, फिनटेक तथा डिजिटल वालेट र अन्तरदेशीय कारोबारमा दख्खल राख्छन् ।

आइएमई ग्रुपले प्रवर्द्धन गरेका वित्तीय संस्थाको उच्च व्यवस्थापन तथा स्मार्ट च्वाइस, सनी सेक्युरिटिज, आइएमई डिजिटल सोलुसन लगायतका कम्पनी सञ्चालकको रूपमा समेत पौडेल कार्यरत रहँदै आएका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट एमबीए फाइनान्स गरेका पौडेलले भारतको अहमदावादस्थित इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट र मलेसियाको इन्स्टिच्युट अफ ब्यांकर्स मलेसियाबाट कार्यकारी वित्तीय व्यवस्थापन तथा अन्तरदेशीय लगानी व्यवस्थापनका विषयमा एक्जुकेटिभ कोर्स गरेका छन् । साथै खिलेन्द्रले अमेरिकास्थित हार्भड केनेडी स्कुलबाट पोलिसी डिजाइन र वित्तीय सेवा सम्बन्धी व्यावसायिक कोर्स पनि गरेका छन् ।

उच्च तथा व्यावसायिक शिक्षा र व्यवस्थापकीय नेतृत्वको अनुभवले आइएमई लाइफले दिएको जिम्मेवारीलाई सफलतापूर्वक पूरा गर्ने र बीमा क्षेत्रमा थप रणनीतिक व्यावसायिक साझेदारी निर्माणमा योगदान दिने नायव कार्यकारी खिलेन्द्र पौडेलले उल्लेख गरेका छन् ।

यस्तै कम्पनीको उप प्रमुख कार्यकरी अधिकृतमा नियुक्त हुनु अघि दिनेश कम्पनीको नायव महाप्रबन्धक पदमा कार्यरत थिए । जीवन बीमा व्यवसायबाट नै बीमा क्षेत्रमा प्रवेश गरेका उनले तत्कालीन सूर्य लाइफ इन्स्योरेन्समा पनि स्थापना वर्ष २०६५ साल देख २०७४ सम्म काम गरेका थिए । उनले सहायक महाप्रबन्धक पदबाट सूर्य लाइफबाट बिदा भई आइ।एम।ई। लाइफ इन्स्योरेन्समा सहायक महाप्रबन्धक पदमा प्रवेश गरेका थिए । दिनेश आईएमई लाइफ इन्स्योरेन्सको स्थापना वर्ष २०७४ देखि नै कम्पनीकोप्रमुख सञ्चालन अधिकृतका रूपमा कार्यरत थिए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours