युवाहरूका लागि स्टार्टअप कार्यक्रम सुरु गर्नुपर्छः अर्थमन्त्री पौडेल

०५ भदाै, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले युवाहरूका लागि स्टार्टअप कार्यक्रम सुरु गर्नुपर्ने बताएका छन् । बुधबार राजधानीमा आयोजित स्टार्टअप नेसनलाई सम्बोधन गर्दै उनले सिर्जनशील युवाहरूलाई राष्ट्रिय उत्पादनमा प्रयोग गनुपर्ने आजको आवश्यकता भएको बताएका हुन् ।

उनले भने, ‘सिर्जनशील युवाहरूलाई राष्ट्रिय उत्पादनमा प्रयोग गनुपर्ने आजको आवश्यकता छ, यसका लागि स्टार्टअप कार्यक्रम सुरु गर्नुपर्ने देखिएको छ, राष्ट्र निर्माणको अभियानमा देशभित्रै रोजगारीको अवसर खोज्न सम्पूर्ण युवायुवतीहरूमा हार्दिक अनुरोध गर्न चाहन्छु ।’

साथै उनले युवाहरूलाई बिउबिजन उपलब्ध गराउनका लागि एक अर्ब रुपैयाँको फण्ड बनाएर स्टार्टअप गर्ने तयारीमा सरकार रहेको जानकारी गराए । उनले भने , ‘युवाहरूलाई बिउबिजन उपलब्ध गराउनका लागि एक अर्ब रुपैयाँको फण्ड बनाएर स्टार्टअप गर्ने तयारीमा छौँ ।’

You May Also Like

More From Author

+ There are no comments

Add yours