०५ भदाै, काठमाडाैं। बुधबार सुनको भाउ नयाँ रेकर्डमा कारोबार भइरहेको छ । मंगलबार भाउ १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८०० रुपैयाँ बढेसँगै नयाँ उचाइमा पुगेको हो ।
आज छापावाला सुनको भाउ प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदी १ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस सुन २ हजार ५१५ दशमलव ८२ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ दशमलव ५ डलरमा कारोबार भइरहेको छ ।
+ There are no comments
Add yours