काजकिस्तानकी कालिनोभाले मधेश युनाईटेडबाट खेल्ने

०५ भाद्र, काठमाडाैँ । ईन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक महिला भलिबलको फ्रेन्चाईज लिग एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लुभिएल) आयोजना हुँदैछ । त्यसमा हाम्रो टिम मधेश युनाईटेडले पनि सहभागिता जनाउन पाउँदा हामी उत्साहित छौँ । उक्त लिगलाई मध्यनजर गर्दै हामीले पहिलो विदेशी खेलाडी घोषणा गरेका छौँ ।

काजकिस्तानकी अनुभवी खेलाडी कालिनोभा यभजिनियाले पहिलो संस्करणको एभरेष्ट वुमन्स भलिबल लिग मधेश युनाईेटेडबाट खेल्नेछिन् । उनलाई मधेश युनाईटेड टिममा अनुबन्ध गर्न पाउँदा हामी एकदमै खुशी छौँ । उनी स्पाईकर पोजिसनमा खेल्नेछिन् ।

३५ वर्षिय कालिनोभाले काजकिस्तानको राष्ट्रिय टिमका साथै काजकिस्तानको लिग खेलेको अनुभव छ । उनको उचाई १८० सेन्टिमिटर छ ।

कालिनोभाले मधेश युनाईटेडसँग अनुबन्ध भएकोमा खुशी व्यक्त गर्दै मधेश युनाईटेडबाट खेल्न उत्साहित रहेको बताईन् । ‘मधेश प्रदेशबाट पहिलो संस्करणको एभरेष्ट वुमन्स भलिबल लिग खेल्न म नेपाल आउँदैछु । मधेश युनाईटेडबाट खेल्दैछु । हाम्रो टिमलाई समर्थन गर्नुहोला ।’

मधेश युनाईटेडकी अपरेसन हेड संज्ञा श्रेष्ठले कालिनोमालाई मधेश टिममा स्वागत गर्दै उनको अनुभवले टिमको लागि धेरै फाईदा पुग्ने बताईन् ।

मधेश युनाइटेडको मार्की प्लेअरमा नेपाली राष्ट्रिय टिमकी स्पाइकर निरुता ठगुन्ना छिन् । यस्तै नेपाली खेलाडीहरुको नाम पनि यसअघि नै सार्वजनिक भइसकेको छ । जसमा राष्ट्रिय टिमकी संगम महतो र शान्तिकला तामाङ तथा यू२० टिमकी एलिशा मानन्धर र आशिका क्षेत्री छन् ।

यस्तै हिरा केसी, पुजा थारु र जसना महतो पनि मधेश युनाइटेडको टिममा छन् ।

पहिलो संस्करणको एभरेष्ट वुमन्स भलिबल लिगमा ६ टोलीले सहभागिता जनाउनेछन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours