एलन मस्कलाई सल्लाहकार बनाउने विषयमा के भने ट्रम्पले?

०४ भदाै, एजेन्सी । पूर्व अमेरिकी राष्ट्रपति तथा यसपटक राष्ट‍्रपतिको चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले टेस्लाका मालिक एलन मस्कलाई सल्लाहकार बनाउन तयार रहेको बताएका छन्।

न्यूज एजेन्सी रोयटर्ससँग कुराकानीका क्रममा ट्रम्पलाई के तपाईं मस्कलाई सल्लाहकार अथवा क्याबिनेट पद दिनका लागि विचार गरिरहनुभएको छ? भन्ने प्रश्न सोधिएको थियो। जवाफमा ट्रम्पले आफू त्यसै गर्ने बताएका छन्।

उनले मस्क एक बुद्धिमान व्यक्ति रहेको र उनले चाहेमा अवश्य पनि यस्तो विचार गर्ने बताए।। टेस्ला र स्पेस्क एक्सका मालिक एलन मस्कले हालै सामाजिक सञ्जाल एक्समा डोनाल्ड ट्रम्पको अन्तर्वार्ता लिएका थिए।

यसै क्रममा उनले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदका उम्मेदवार एवं उपराष्ट्रपति कमला ह्यारिससहित कैयौं मुद्दामा कुराकानी गरेका थिए।

You May Also Like

More From Author

+ There are no comments

Add yours