गाजा युद्धविराम प्रस्ताव नेतान्याहुको पक्षमा रहेको हमासको दाबी

०३ भदौ, काठमाडौं । हमासले दोहामा गत हप्ता प्रस्तुत गरेको नयाँ गाजा युद्धविराम प्रस्तावको आलोचना गर्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको शर्त र स्थायी युद्धविराममा सहमत हुन अस्वीकार गरेको छ ।

हमासले युद्दविराम प्रस्ताव नेतान्याहुको मागसँग मेल खाने जिकिर गर्दै स्थायी युद्धविरामबारे अस्वीकारोक्ति प्रकट गरेको छ भने रफाह क्रसिङ्ग र फिलाडेल्फी कोरिडोरमा नियन्त्रण कायम राखी कैदी आदानप्रदान सम्झौतामा बाधा पु¥याएको छ ।

हमासले नेतान्याहुलाई मध्यस्थकर्ताको पहलमा भइरहेको वार्ताको असफलताप्रति उनलाई नै पूर्ण जिम्मेवार रहेको दावी गरेको छ भने गाजाविरुद्ध आक्रमण जारी राखेर इजरायली बन्धकहरूलाई खतरामा पारेको आरोप लगाएको छ ।

जुलाई–२ मा भएको सम्झौता प्रतिबद्धता दोहो¥याउँदै हमासले अमेरिकी राष्ट्रपति जो बाईडेनको र राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावको आधारमा इजिप्ट र कतारका मध्यस्थकर्तालाई सहमतिका सर्तहरू लागु गर्न आग्रह गरेको छ ।

बिहीबारदेखि शुक्रबारसम्म दोहामा सम्पन्न गाजा युद्धविरामपछि मध्यस्थकर्ताले संयुक्त विज्ञप्ति जारी गर्दै वार्तामा ‘रचनात्मक’ प्रगति भएको र सम्बन्धित पक्षहरूले आगामी दिनमा सम्झौताको कार्यान्वयनको विवरणका लागि वार्ता प्रयास जारी राख्ने घोषणा गरेका छन् ।

नेतान्याहुको कार्यालयले मध्यस्थकर्ताको प्रयास प्रति कृतज्ञता व्यक्त गर्दै उनीहरूले हमासलाई मे को अन्त्यमा गरिएका प्रस्तावको सर्तहरू स्वीकार गर्न मनाउने आशा व्यक्त गरेको छ ।

हमासले इजरायललाई पहिले सहमति भएका प्रस्तावमा नयाँ सर्तहरू थप्ने गरेको आरोप लगाउदै वार्ताको नतिजाबारे शङ्का व्यक्त गरेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours