वार्षिक लक्ष्यको सात दशमलव ५५ प्रतिशत राजस्व सङ्कलन

०३ भदाै, काठमाडाैं । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो महिनामा ३० करोड २३ लाख २६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको सात दशमलव ५५ प्रतिशत हो ।

आन्तरिक राजस्व कार्यालयको चालु आवमा रु चार अर्ब ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको सूचना अधिकारी एंव कर अधिकृत भीमप्रसाद आचार्यले जानकारी दिए ।

“साउनमा ३२ करोड ८७ लाख ८५ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ९१ दशमलव ९५ प्रतिशत राजस्व सङ्कलन भयो, लक्ष्यअनुसार राजस्व सङ्कलन भएन”, उनले भने ।

आन्तरिक राजस्व कार्यालयले साउनमा आयकरबाट आठ करोड ९१ लाख तीन हजार रुपैयाँ, ब्याजबापत दुई करोड ४० लाख ८७ हजार रुपैयाँ, मूल्य अभिवृद्धि करबापत ११ करोड ६५ लाख २९ हजार रुपैयाँ र अन्तःशुल्कबापत छ करोड ८९ लाख ३७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । गत आव २०८०\८१ को पहिलो महिनामा २८ करोड ९६ लाख रुपैयाँ राजश्व सङ्कलन भएको कर अधिकृत आचार्यले बताए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours