यस्तो बन्यो ‘देव वाणी’ को पहिलो गीत ‘तिमीलाई सधैंभरि’

०३ भदाै, काठमाडौं । बाबु साहेब बलामी निर्देशित सिनेमा ‘देव वाणी’ को पहिलो गीत ‘तिमीलाई सधैंभरि’ सार्वजनिक भएको छ। राजधानीमा आइतबार एक कार्यक्रम गर्दै सिनेमाको गीत सार्वजनिक गरिएको हो।

मंसिर ७ गते रिलिज हुने सिनेमाको सार्वजनिक गीतमा प्रताप दास र सुनिता कार्कीको स्वर, भोला पौडेलको शब्द, मनोहर सुनाम र सन्तोष प्रगाढको संगीत छ।

भारतमा खिचिएको गीतमा सिनेमाका नायक कुन्दन भारद्वाज र नायिका अनुजा लेप्चालाई रोमान्टिक भावमा देखाइएको छ। गीतमा तेन्जु योञ्जनको कोरियोग्राफी रहेको छ।

मौसम सिनेमास् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा कुन्दन र अनुजाका अलावा सुनिल थापा, ध्रुव कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, लक्ष्मीनाथ तिमल्सिना र मौसम पौडेलको अभिनय छ

सिमरा, वीरगन्ज, इटहरी र काठमाडौंमा छायांकन भएको सिनेमामा निराजन मेहता मन्जिलको पटकथा तथा संवाद, हरिबहादुर घलेको छायांकन, श्री श्रेष्ठ र देव महर्जनको द्वन्द्व, रामजी लामिछाने र तेन्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनाम र सन्तोष प्रगाढको संगीत, बन्दे प्रसादको सम्पादन, प्रविण ढकालका कलर, सत्यम रानाको भीएफएक्स, बन्दे प्रसादको टिजर र ट्रेलर, प्रमोद परियारको ब्याकग्राउण्ड स्कोर, रञ्जित मण्डलको साउण्ड डिजाइन्, तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन छ।

मीना खड्का र हिराबहादुर लेप्चा सिनेमाका निर्माता हुन्। यस्तै कार्यकारी निर्मातामा मनकुमार लेप्चा र रमेश ढुंगेल ‘झापाली’ रहेका छन् । सिनेमा नेपाली र हिन्दी भाषामा निर्माण भएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours