सुनसरीको थलाह टोलमा टाउको छुट्टिएको अवस्थामा शव फेला

०३ भदाै, विराटनगर । सुनसरी गढी गाउँपालिका वडा नम्बर २ थलाहा टोलमा एक जनाको हत्या भएको छ।

गढी गाउँपालिका वडा नम्बर २ का स्थानीय ५० वर्षीय ज्ञानचन ऋषिदेवको गएराति घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ।

उनको शव टाउको छुट्टिएको अवस्थामा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीन कृष्ण भण्डारीले घटनाको थप अनुसन्धान सुरु गरिएको भण्डारीले जानकारी दिए।

You May Also Like

More From Author

+ There are no comments

Add yours