स्त्री-२ को बक्स अफिसमा कीर्तिमानी कमाई

०२ भदौ, काठमाडौँ । बलिउड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा ऐतिहासिक कमाई गरेको छ । रिलिजको पहिलो दिन बिहिबार स्त्री-२ ले ५५ करोड ४० लाख कमाई गरेको फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् ।

फिल्मले बुधबार पेड रिभ्युबाट ९.४० करोड कमाई गरेको र बिहिबार ५५ करोड ४० लाख गरि कुल ६४ करोड ८० लाख कमाई गरेको आदर्शले जानकारी दिएका हुन् । योसँगै स्त्री-२ ले बलिउडमा पहिलो दिन यसअघि पठानले ५५ करोड कमाएर राखेको कीर्तिमान समेत तोडेको छ ।

पहिलो दिन पठान बाहेक एनिमलले ५४.७५ करोड कमाएको थियो भने केजीएफ-२ ले ५३.९५ करोड कमयेको थियो । त्यस्तै वारले ५१ करोड ६० लाख कमाएको थियो । यसअघि बनेको स्त्रीले आफ्नो पहिलो सातामा ६० करोड ३९ लाख कमाई गरेको थियो, जबकी स्त्री-२ ले पहिलो दिनमा नै सो अंकलाई पछाडि पारेको छ ।

अमर कौशिकले निर्देशन गरेको स्त्री(२ मा श्रद्धा कपुर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बेनर्जीलगायतको अभिनय रहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours