केएमसी टीयू बीसीए फुट्सलको उपाधि नेपालय कलेजलाई

०२ भदाै, काठमाडौं । प्रथम केएमसी टीयू बीसीए फुट्सल प्रतियोगिता-२०८१ को उपाधि नेपालय कलेजले जितेको छ ।

बालुवाटारस्थित डुकु स्पोर्ट्स हबमा भएको फाइनल भिडन्तमा मदन भण्डारी मेमोरियल कलेजलाई दुईका विरुद्ध तीन गोल गर्दै नेपालय कलेजले उपाधि जितेको हो।

विजेता बन्दै नेपालय कलेजले ७० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता बनेको मदन भण्डारी कलेजले ३० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

मदन भण्डारी मेमोरियल कलेजका प्रतीक हुमागाईं प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयर घोषित भए भने बेस्ट गोलकिपर नेपालय कलेजका सुनिल क्षेत्री बने । यसैगरी बेस्ट स्ट्राइकर नेपालय कलेजकै साकार थापा घोषित भए । अर्किड इन्टरनेसनल कलेजले फेयर प्लेको अवार्ड पाएको थियो ।

समापन कार्यक्रममा काठमाडौं मोडल कलेजका प्रमुख सुरेन्द्र सुवेदीले प्रतियोगिताबाट कलेजहरूबीच आपसी समझदारी, सहकार्य एवम् प्रतिस्पर्धाको भावना विकास गराएको बताए । प्रतियोगितामा विजेता बनेको टिमलाई खुसीका साथै अर्को वर्ष प्रतियोगिता गराउने जिम्मेवारी समेत थपिएको उनले बताए ।

दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा बीसीए अध्यापन हुने करिब २४ वटा कलेजहरूको सहभागिता रहेको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours