१० अर्बको ‘एनआरएन नेपाल डेभलपमेन्ट फन्ड’ कार्यान्वयनमा ल्याइँदै

०२ भदौ, काठमाडौं । १० अर्ब रुपैयाँको एनआरएन नेपाल डेभलभमेन्ट फन्ड यही महिनाबाट कार्यान्वयनमा ल्याइने भएको छ ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गैरआवासीय नेपाली संघ अध्यक्ष डा. बद्री केसी, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो लगायतबीच अर्थ मन्त्रालयमा भएको छलफलले यस्तो सहमति जुटाएको हो ।

भदौ तेस्रो साताभित्र डेभलपमेन्ट फन्ड सञ्चालनमा ल्याउन आवश्यक प्रक्रिया पूरा गर्ने सहमति भएको मन्त्रालयले जनाएको छ ।

नेपाल सरकारको समन्वय तथा सहकार्य र गैरआवासीय नेपाली संघको अग्रसरतामा नेपालमा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याउन लागिएको हो ।

एनआरएन नेपाल डेभलपमेन्ट फन्ड लिमिटेडमा नेपाल सरकारको ५ प्रतिशत र गैरआवासीय नेपालीको ९५ प्रतिशत लगानी हुनेछ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours