बागमतीमा भदौ ४ गते सार्वजनिक बिदा

०२ भदाै, काठमाडौं । बागमती प्रदेश सरकारले भदौ ४ गते सार्वजनिक बिदा दिएको छ।

साउन ३२ गतेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार भदौ ४ गते मंगलबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार विज्ञप्ति निकालेर जानकारी गराएको हो।

मन्त्रालयका सूचना अधिकारी रबिता कार्कीका अनुसार भदौ ४ गते मंगलबारका दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको छ। बागमती सरकारले गाईजात्राका दिन बिदा दिने निर्णय गरेको हो।

bagmati-bida--1723968775-1723970189.jpg

You May Also Like

More From Author

+ There are no comments

Add yours