काठमाडौंमा मनाइयो इन्डोनेसियाको ७९औं स्वतन्त्रता दिवस

०२ भदाै, काठमाडौं । काठमाडौंमा इन्डोनेसियाको ७९औं स्वतन्त्रता दिवस मनाइएको छ ।

कमल पोखरीमा रहेको नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालय आईएमई कम्प्लेक्स परिसरमा शनिबार झन्डोत्तोलन कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकालले नेपाल र गणतन्त्र इन्डोनेसियाबीच सुमधुर सम्बन्ध रहेको भन्दै आगामी दिनमा यसलाई जनस्तरसम्म पुर्‍याउन प्रयास गर्ने बताए ।

दुई देशबीचको आपसी व्यापार तथा अनुभव आदानप्रदानले दुवै देशले फाइदा लिन सक्ने प्रशस्त सम्भावना उनको भनाइ थियो ।

झन्डोत्तोलन कार्यक्रममा नेपालमा बसोबास गर्दै आइरहेका इन्डोनेसियन मूलका नागरिक एवम् वाणिज्य दूत कार्यालयका प्रतिनिधिहरू सहभागी थिए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours