थाइल्यान्डको प्रधानमन्त्रीमा पेन्टोङ्टार्न सिनावात्रालाई औपचारिक अनुमोदन

०२ भदाै, बैंकक । थाई नरेश महा वजिरालोङ्कर्नले आइतबार मुलुकको आगामी प्रधानमन्त्रीका रूपमा पेन्टोङ्टार्न सिनावात्रालाई औपचारिक रूपमा अनुमोदन गरेका छन्।

सिनावात्राको नियुक्ति पछिल्लो सातामा थाई राजनीतिमा धेरै उतारचढावपछि भएको हो। यस अवधिमा संवैधानिक अदालतले सोही फेउ थाई पार्टीबाट उनका पूर्ववर्ती श्रेथा थाभिसिनलाई हटाएको थियो।

राजाको अनुमोदनसँगै अब पेन्टोङ्टार्न सिनावात्राले आधिकारिक रूपमा मन्त्रिपरिषद् गठन गर्नेछन्। मन्त्रिपरिषद् गठन प्रक्रिया आगामी साताहरूमा हुने अपेक्षा गरिएको छ।

अल जजिराका अनुसार हालै थाई संसद्ले पेन्टोङ्टार्नलाई आगामी र थाइल्यान्डको सबैभन्दा कम उमेरको प्रधानमन्त्री बनाउन मतदान गरेको थियो।

संवैधानिक अदालतको फैसलाले श्रेथा थाभिसिनलाई हटाएपछि उनको स्थान पेन्टोगटार्नले लिएका हुन्। उङ इङ उपनामले प्रसिद्ध पेन्टोङ्टार्न अर्बपति टाइकुन थाक्सिन सिनावात्राकी कान्छी छोरी हुन्। आफ्ना बुबा र फुपूपछि मुलुकको शीर्ष पद सम्हाल्ने उहाँ परिवारको तेस्रो सदस्य हुन्।

संसद्ले ३७ वर्षीया पेन्टोगटार्नलाई उनको फेउ थाई पार्टीको सत्तारूढ गठबन्धनले मनोनयन गरेको पुष्टि गरेको छ।
-एएनआई

You May Also Like

More From Author

+ There are no comments

Add yours