श्रीलङ्काले सन् २०२५ सम्म ३० लाख विदेशी पर्यटक भित्राउने

०२ भदाै, काठमाडाैं । श्रीलङ्काले सन् २०२५ मा ३० लाख विदेशी पर्यटक आउने अपेक्षा गरेको छ । यसका लागि सेप्टेम्बरको दोस्रो हप्तादेखि प्रचार अभियान सुरु गर्ने श्रीलङ्का पर्यटन प्रवद्र्धन विभागका प्रबन्ध निर्देशक नलिन परेराले बताए ।

पहिलो चरणमा चीन, बेलायत, फ्रान्स, जर्मनी र भारतलाई लक्षित गरी अभियान सञ्चालन गरेको परेराले जानकारी दिए । परेराका अनुसार, दोस्रो चरणमा रूस, अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, पोल्याण्ड, इटाली, स्क्यान्डिनेभिया क्षेत्रलाई लक्षित गरिने छ ।

यी अभियानका कारण अर्को वर्ष पर्यटक आगमनमा सात लाखले वृद्धि गर्ने अपेक्षा गरिएको छ । श्रीलङ्कामा अगस्ट १२ सम्ममा १२ लाखभन्दा बढी पर्यटक आइपुगेका छन् भने आगामी गरी अक्टोबरदेखि डिसेम्बरसम्म थप ११ लाख पर्यटक आउने अपेक्षा गरिएको छ । साथै, श्रीलङ्काले सन् २०२४ मा २३ लाख पर्यटक भित्रिने पूर्वानुमान गरेको छ ।

श्रीलङ्कामा पर्यटन क्षेत्र वैदेशिक राजस्व प्राप्त गर्नेमध्ये एक प्रमुख माध्यम हो । यहाँ पर्यटनबाट सन् २०२४ को पहिलो सात महिनामा एक अर्ब ८८ करोड अमेरिकी डलरभन्दा बढी आम्दानी भएको छ । अघिल्लो बर्षको तुलनामा चालु बर्षमा पर्यटनबाट हुने आम्दानी ७३।३ प्रतिशतले बढेको श्रीलङ्काको केन्द्रीय बैङ्कले आफ्नो पछिल्लो साप्ताहिक प्रतिवेदनमा उल्लेख गरेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours