आइतबार प्रतितोला ३ हजार रुपैयाँले बढेसँगै सुनको भाउले बनायो नयाँ रेकर्ड

०२ भदाै, काठमाडाैं । आइतबार छापावाला सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार प्रतितोला ३००० रुपैयाँ बढेसँगै सुनको भाउ नयाँ उचाइमा पुगेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको भाउ १ लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि साउन २९ गते १ लाख ५० हजार ८०० रुपैयाँ पुगेर सुनको भाउले रेकर्ड कायम गरेको थियो । शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार चाँदी १ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ७६० रुपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदीले पनि नयाँ रेकर्ड कायम गरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस सुन २ हजार ५०८ दशमलव १८ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ डलरमा कारोबार भइरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours