आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव, अधिकांश भागमा वर्षा

०२ भदाै, काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतया बदली रहेको छ भने बाँकी प्रदेशहरुमा आंशिक बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिक बदली रहने छ । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा कोशी, बागमती, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मधेश, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours