मध्यरातमा पशुपतिनाथ क्षेत्रमा तनावकोटिहोमका नाममा आयोजकको भड्काउ अभिव्यक्ति

०१ भदाै, काठमाडौँ । पशुपतिनाथ परिसरमा एक महिनादेखि जारी कोटिहोममा आयोजकले भड्काउ अभिव्यक्ति दिएका छन् ।

शुक्रबार कार्यक्रम समापनका क्रममा ‘विवादित’ महाराज बिजय भण्डारीले भड्काउ अभिव्यक्ति दिएका हुन् ।

मानव सेवा फाउण्डेसनले आयोजन गरेको कोटीहो साउन १ गते सुरु भएर साउन ३२ समापन भएको हो । महाराज भनिने विजय भण्डारी उर्फ श्री विजय कृष्णमुर्ती महाराज आयोजक संस्थाका संस्थापक हुन । शुक्रबार मध्यरात सोधपुछका लागि पुगेका सादा पोशाकका प्रहरी र आयोजक पक्षबीच झडप हुँदा तनाव उत्पन्न् भएको थियो ।

भण्डारी धार्मिक कार्यक्रमको नाममा ठगी गरेको अभियोगमा विभिन्न अदालतको आदेशमा कैद सजाय समेत भोगेका छन् ।

कोटिहोम विवादित भएको खबर सार्वजनिक भएपछि सोधपुछका लागि प्रहरी पुगेको थियो तर प्रहरीमाथि आयोजक विजय भण्डारीका समर्थकले आक्रमण सुरु गरेपछि पशुपति क्षेत्रमा तनाव भएको थियो ।

प्रहरीले सोधपुछ गरे लगत्तै विजय भण्डारीले सामाजिक सञ्जालमार्फत आफ्ना समर्थकलाई आन्दोलनमा उत्रन आह्वान गरेका छन् । उनी निकै उत्तेजित रुपमा प्रस्तुत हुँदै समर्थकलाई उकासेका थिए ।

उनले फेसबुक लाइभमार्फत प्रहरीले बिना पक्राउ पुर्जी आफूलाई गिरफ्तार गर्न खोजेको दाबी गरेका छन् । भण्डारीले आफ्ना समर्थकहरूलाई आन्दोलनमा उत्रन आह्वान गर्दै भड्काउपूर्ण अभिव्यक्ति पनि दिएका छन् । उनले पशुपति मन्दिर अब रणभूमि हुने र देशको अवस्था बङ्गलादेशजस्तो बनाइदिने चेतावनी दिए । उनले भने, ‘बङ्गलादेशभन्दा बेहाल बनाउँछौँ ।’

झडपका क्रममा संलग्न दुई व्यक्तिलाई गौशाला प्रहरीले नियन्त्रणमा लिएको छ । आयोजक पक्षले प्रहरीलाई तथानाम गालीगलौज गदै नाराबाजी पनि गरेका थिए । उनीहरूले प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी पनि गरेका थिए ।

त्यसक्रममा प्रहरीले पनि सामान्य बल प्रयोग गर्दा केही घाइते भएका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours