अमेरिकामा दुई हप्तादेखि नेपाली नर्स बेपत्ता

०१ भदाै, काठमाडौँ । दुई हप्तादेखि बेपत्ता भएकी २८ वर्षीया नेपाली मूलकी नर्स ममता काफ्ले अझै सम्पर्कविहीन छन्। मनसास पार्क प्रहरी विभागले खोजी कार्य तीव्र पारिएपनि अझै सम्पर्कमा नआएको जनाएको छ।

भर्जनियाको मनसास पार्क प्रहरी विभागले ममता काफ्लेको खोजीका लागि सर्वसाधारणसँगसमेत सहयोगका लागि अपिल गरेको छ। भर्जिनिया राज्य पुलिसले ममता पत्ता लगाउन मद्दत गर्न सबै भर्जिनिया र अन्य अमेरिकी पुलिस एजेन्सीहरूलाई समेत जानकारी गराएको जनाएको छ।

प्रहरीको अनुसन्धान अधिकृतहरुले छिमेकी, आफन्त, साथीभाइ र उनका श्रीमान्सँग पटकपटक सोधपुछ गरेर बुझेको प्रहरीले उल्लेख गरेको छ। उनी २७ जुलाइमा युभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखिएको र उनीसँग साथीहरुले अन्तिम पटक २८ जुलाईमा कुरा गरेका पाइएको प्रहरीले जनाएको छ। श्रीमान्‌ले ३१ जुलाई (१६ साउन) मा अन्तिमपटक देखेको बताएका छन्।

तर, अगस्ट ३ गतेसम्म उनको श्रीमानेले उनी हराएको खबर प्रहरीलाई नदिएको बताइएको छ। प्रहरीले भनेको छ, ‘जम्मा ११ महिनाको बच्चा छाडेर बेपत्ता हुनुले गम्भीर चिन्ता र प्रश्न खडा गरेको छ।’

You May Also Like

More From Author

+ There are no comments

Add yours