वाणिज्य बैंकले सार्वजनिक गरे भदौका लागि ब्याजदर, कुनको कति ?

३२ साउन, काठमाडौं । १८ वटा वाणज्य बैंकहरूले भदौ महिनाका लागि निक्षेपकाे ब्याजदर सार्वजनिक गरेका छन् । ब्याजदरसम्बन्धी सूचना प्रकाशन गरेका १८ वटा बैंकमध्ये १३ वटा बैंकले ब्याजदर घटाएका छन् भने ४ वटा बैंकले साउनकै ब्याजदरलाई निरन्तरता दिएका छन् । बाँकी १ बैंकले भने ब्याजदर बढाएको छ ।

जसमा कृषि विकास बैंकले ब्याजदर बढाएको हाे । साउन महिनाका लागि संस्थागत मुद्दती निक्षेपमा ४.०१ प्रतिशत ब्याजदर दिँदै आएको बैंकले भदौका लागि ४.२५ प्रतिशत ब्याज दिने भएको छ । जुन साउनको तुलनामा ०.२४ प्रतिशतले बढी हो ।

यता, भदौ महिनामा एनआइसी एसिया र एनएमबि बैंकले सबैभन्दा बढी ब्याज दिने भएका छन् । वाणिज्य बैंकहरूमध्ये यी दुइटा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा बढी ब्याज दिने भएका हुन् । यी बैंकहरूले अधिकतममा ७.४१ प्रतिशत ब्याज दिने भएका छन् । सबैभन्दा कम ब्याज दिने बैंक भने नेपाल बैंक रहेको छ । यस्तो निक्षेपमा सो बैंकको अधिकतम ब्याजदर ५.२५ प्रतिशत छ। उक्त ब्याजदर भदौ १ गतेदेखि लागू हुनेछ ।

भदौ महिनामा कुन बैंकको ब्याजदर कति ?

भदौ महिनाका लागि एउटाबाहेक सबै बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले भदौका लागि साउनको तुलनमा औसतमा ०.२३ प्रतिशतका दरले ब्याजदर घटाएका हुन् । बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसतमा ६.४९ प्रतिशत छ । साउन महिनामा बैंकहरूको यस्तो ब्याजदर ६.७२ प्रतिशत थियो। त्यस्तै, संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसतमा ०.२४ प्रतिशतले घटेको छ।

भदौ महिनाका लागि प्राइम बैंकले संस्थागततर्फ ४.७५ प्रतिशत र व्यक्तिगततर्फ ६.७५ प्रतिशत, नबिल बैंक, हिमालयन बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको संस्थागततर्फ ६ प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशत, लक्ष्मी सनराइज बैंकको संस्थागततर्फ ५.५ प्रतिशत र व्यक्तिगततर्फ ६.५ प्रतिशत र प्रभु बैंक र एभरेस्ट बैंकको संस्थागततर्फ ६.१ प्रतिशत र व्यक्तिगततर्फ ५.१ प्रतिशत, सनिमा बैंकको संस्थागततर्फ ४.९ प्रतिशत र व्यक्तिगततर्फ ६.२ प्रतिशत ब्याजदर तोकेका छन् ।

यस्तै, नेपाल एसबिआई बैंकको संस्थागततर्फ ५.२५ प्रतिशत र व्यक्तिगततर्फ ६.२५ प्रतिशत, सिद्धार्थ बैंकको संस्थागततर्फ ५.५ प्रतिशत र व्यक्तिगततर्फ ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।

यस्तै, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ६.०५ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत, प्राइम कमर्सियल बैंकको व्यक्तिगततर्फ ६.७५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेघा बैंकले व्यक्तिगततर्फ ६.५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत, सिटिजन्स बैंकले व्यक्तिगततर्फ ६.५ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours