राष्ट्र बैंकमा रोजगारीको अवसर, ५२ जना कर्मचारी माग

३२ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ५२ जना कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ ।

राष्ट्र बैंकका अनुसार प्रशासनतर्फ सहायक निर्देशक (अधिकृत तृतीय) मा ३४ जना, प्रशासनतर्फ नै सहायक (सहायक द्वितीय) मा १३ जना र प्राविधिकतर्फ सहायक सूचना प्रविधि पदमा ५ जना गरी कुल ५२ जना कर्मचारी माग गरिएको हो ।

खुला प्रतियोगिता मार्फत हुने पदपूर्तीका लागि योग्य नेपाली नागरिकले ३२ साउनदेखि २० भदौसम्म अनलाइनमार्फत फाराम पेस गर्न सकिने बैंकले जनाएको छ । दोब्बर दस्तुर तिरेर भने २७ भदौसम्म आवेदन फार्म भर्न सक्नेछन् ।

हेर्नुहोस् सूचना :

You May Also Like

More From Author

+ There are no comments

Add yours