लक्ष्मी सनराइज क्यापिटलका योजनाको प्रतिफलका लागि बुक क्लोजको मिति तय

३२ साउन, काठमाडौं। लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित दुई योजनाको प्रस्तावित प्रतिफल प्रयोजनका लागि बुक क्लोजको मिति तय भएको छ ।

सनराइज फोकस्ड इक्विटी फण्ड र सनराइज फस्र्टले प्रस्तावित प्रतिफल प्रयोजनका लागि भदौ ७ गते बुक क्लोज गर्न लागेका हुन। बुक क्लोजको आधारमा भदौ ६ गतेसम्म कायम शेयरधनीहरू मात्र प्रतिफल प्राप्त गर्न योग्य हुनेछन् ।

सनराइज फस्र्ट म्युचुअल फण्डले गत आर्थिक वर्ष ०८०\८१ को मुनाफाबाट कर समेत १२.५ प्रतिशत र सनराइज फोकस्ड इक्विटी फण्डले कर समेत ४.५ प्रतिशत प्रतिफल वितरणको प्रस्ताव गरेको हो ।

1.PNG

You May Also Like

More From Author

+ There are no comments

Add yours