गाजामा युद्धविराम र बन्धक रिहाइसम्बन्धी वार्ता दोहामा पुन: सुरु

३२ साउन, एजेन्सी । गाजामा युद्धविराम र हमासको नियन्त्रणमा रहेका बन्धकहरूको रिहाइका सम्बन्धमा कतारको दोहामा नयाँ चरणको वार्ता शुरु भएको छ ।

यद्यपि वार्तामा कुनै सफलताको अपेक्षा कम रहेको जनाइएको छ । ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले प्रस्तावित सम्झौताको कार्यान्वयनका पक्षमा सहमति जुटाउन धेरै काम गर्न बाँकी रहेको बताएका छन् । हमासले दोहामा शुरु भएको अप्रत्यक्ष वार्तामा भाग नलिने बताएको छ, यद्यपि मध्यस्थकर्ताहरूले दोहामै रहेका उसका अधिकारीहरूलाई सन्देशहरू पठाइरहेको जनाइएको छ ।

हमासले अमेरिकी राष्ट्रपति जो बाइडनले अघि सारेको प्रस्तावमा आधारित रहेर सम्झौताको मार्गचित्र तयार गर्न माग गरेको छ । उसले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्झौतामा नयाँ सर्तहरू थपेको आरोप समेत लगाएको छ । नेतन्याहुले भने सो आरोपलाइ अस्वीकार गरेका छन्।

हमासका राजनीतिक प्रमुख इस्माइल हनियाहको गत महिना तेहरानमा हत्या भएपछि वार्ता स्थगित भएको थियो।

You May Also Like

More From Author

+ There are no comments

Add yours