शुक्रबार ९०० रुपैयाँले घट्यो सुनको भाउ

३२ साउन, काठमाडाैं । शुक्रबार सुनको भाउ प्रतितोला ९०० रुपैयाँले घटेको छ । बिहीबार स्थिर रहेको सुनको भाउ शुक्रबार ९०० रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला १ लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, शुक्रबार चाँदी १ हजार ७६० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस सुन २ हजार ४५३ दशमलव ०४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २८ डलर ११ पैसामा कारोबार भइरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours