साफ च्याम्पिनयशिप खेल्न माल्दिभ्स टोली नेपालमा

३१ साउन, काठमाडौं । घरेलु मैदानमा आयोजना हुने दक्षिण एसियाली राष्ट्रहरुबीच हुने यु–२० साफ च्यामिपयनशिप फुटबल प्रतियोगितामा सहभागिता जनाउनका लागि आज माल्दिभ्सको टोली नेपाल आइपुगेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माल्दिभ्सको टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीले स्वागत गरे। साफ च्यामिपयनशिप आगामी भदौ २ गतेदेखि सञ्चालन हुनेछ। विभिन्न छ राष्ट्र सहभागी उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’मा परेको छ।

नेपालको समूहमा बङ्गलादेश र श्रीलङ्का छन्। त्यसैगरी, समूह ‘बी’मा भारत, माल्दिभ्स र भूटान छन्। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नेपाल र श्रीलङ्काबीच प्रतिस्पर्धा हुनेछ। त्यसैगरी, भूटान, श्रीलङ्का र भारत यही साउन ३२ गते नेपाल आइपुग्नेछन्भने बङ्गलादेश भदौ १ गते नेपाल आइपुग्ने तय भएको आयोजक एन्फाले जनाएको छ।

नेपाली टोलीमा जियारथ शेख, कृशल मोक्तान, विशाल केसी, सिमान्त थापा, अश्विन घोरासैनी, विक्रम तामाङ, आयुष तिम्सिना, अविनाश स्याङ्तान, जनप्रकाश बम, लक्षु थापा र मदन पौडेल छन्। त्यसैगरी, राम थापा, समिन घिमिरे, सरोज दर्लामी, निनसाङ लिम्बू, कुशल देउवा, निरज कार्की, हरिश राज भट्ट, धर्मेन्द्र कुँवर, अनिल बम्जन, समिर तामाङ, निराजन धामी र रोहन खड्गी छन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours