आधा घण्टामै ५ अर्बमाथिको कारोबार, नेप्सेले नाघ्यो ३०००

३१ साउन, काठमाडौं । बिहीबार कारोबारका क्रममा साढे ११ बजे सेयर बजारले ३ हजार अंक नाघेको छ ।

अघिल्लो दिनको तुलनामा यो समयसम्म नेप्से ५२ अंक बढेर ३००९ मा कायम भएको छ । त्यस्तै कारोबार रकममा पनि उच्च वृद्धि देखिएको छ । आधा घण्टामै ५ अर्ब १० करोडको कारोबार भएको छ ।

१६६ कम्पनीको मूल्य बढ्दा ७१ को घटेको छ भने ६ को स्थिर रहेको छ। सुरुआती समयमा बैंकिङ समूहले बजारलाई उचालेको छ ।

११ : ३० बजेसम्म बैंकिङ समूहको सूचक ४.६, विकास बैंक १.५, फाइनान्स १.४, होटल तथा पर्यटन १.९, हाइड्रोपावर १.३, लगानी १.३, उत्पादन ०.६, माइक्रोफाइनान्स ०.४, निर्जीवन बीमा १.८ प्रतिशत बढेका छन् । जीवन बीमा ०.१ तथा अन्य ०.९ प्रतिशत घटेका छन् ।

कारोबार रकमका आधारमा अपी पावर, कुमारी बैंक, हिमालयन रि, चन्द्रागिरि हिल्स तथा सिंगटी हाइड्रो क्रमशः अगाडि देखिएका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours