नागरिक लगानी कोषले अनलाइनबाटै ऋण सुविधा दिने

३१ साउन, काठमाडौं । नागरिक लगानी कोषले ऋण सापटी लिन चाहने बचतकर्तालाई अनलाइनबाटै सेवा दिन सुरु गरेको छ ।

कोषले ऋण सापटीका लागि फर्म भर्नुपर्ने र त्यसलाई भौतिक रुपमा नै पेश गर्नुपर्ने व्यवस्था परिवर्तन गरी अनलाइन सेवा सुरु गरेको हो ।

त्यसका लागि कोषले अनलाइनमा उपलब्ध फर्म भर्नुपर्ने व्यवस्था गरेको छ । सम्बन्धित कार्यालयको सिफारिस सहितको स्क्यान फर्म कोषको इमेल ठेगानामा मेल गरेपछि उसले खातामा नै ऋण उपलब्ध गराइदिने जनाएको छ ।

नागरिक लगानी कोषमा बचत गरेका बचतकर्ताले २ वर्षदेखि नियमित बचत गरेमा कुल बचतको ८० प्रतिशत रकमसम्म ऋण पाउँछन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours