जसपा नेपालले केन्द्रीय सदस्यलाई संगठन निर्माण अभियानमा खटायो

३१ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना केन्द्रीय सदस्यहरुलाई संगठन निर्माण अभियानमा खटाएको छ । ललितपुरको सानागाउँमा ४ दिनसम्म चलेको बैठकले पार्टीका केन्द्रीय नेताहरुलाई आधारभूत संगठन निर्माण अभियानमा खटाएको हो ।

पार्टीका २१५ केन्द्रीय सदस्यलाई देशभरिका विभिन्न पालिका समितिको अभियन्ताको रुपमा खटाएको जसपा नेपालले जनाएको छ । अभियानको नेतृत्व केन्द्रीय समितिले गर्ने र पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुलाई अभियानको अनुगमनका लागि खटाइने छ पार्टीको भनाइ छ । अभियान भदौदेखि मंसिर मसान्तसम्म सञ्चालन हुने छ ।

तोकिएका अभियन्ताहरुलाई प्रदेशस्तरीय अभिमुखीकरणको आयोजना गरिएको छ । जसअनुसार विराटनगरमा भदौ १८ गते, जनकपुरमा भदौ १५ गते, वीरगञ्जमा भदौ १७ गते, काठमाडौंमा भदौ ९ गते, भैरहवामा भदौ २३ गते अभिमुखीकरण कार्यक्रम हुनेछ ।

त्यस्तै नेपालगञ्जमा भदौ २४ गते, पोखरामा भदौ २५ गते र टीकापुर धनगढीमा भदौ २५ गते प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम हुने जसपा नेपालले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours