कालिञ्चोक दर्शनको नाफा ७.७ प्रतिशत बढ्यो

३१ साउन, काठमाडौं । कालिञ्चोक दर्शनको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष ७.७ प्रतिशतले बढेको छ ।

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार नाफा २ करोड ६६ लाख रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा यस्तो नाफा २ करोड ४७ लाख रुपैयाँ थियो ।

सञ्चालन आम्दानी २२ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको सञ्चालन आम्दानी ६६ करोड ६३ लाख रहेकोमा गत आर्थिक वर्षमा ८१ करोड ५१ लाख छ ।

कम्पनीको वित्तीय लागत पनि २१ प्रतिशत बढेको देखिन्छ । अघिल्लो आर्थिक वर्षमा वित्तीय लागत १ करोड ५० लाख रहेकोमा गत आर्थिक वर्ष १ करोड ८३ लाख छ ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ । अघिल्लो आर्थिक वर्षमा ४ रुपैयाँ १५ पैसा रहेको प्रतिसेयर आम्दानी गत आर्थिक वर्षमा ४ रुपैयाँ ४७ पैसा छ ।

कम्पनीको प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ ७५ पैसा छ । बुधबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता १३०० रुपैयाँ छ । यो मूल्यका आधारमा हेर्दा कम्पनीको मूल्य आम्दानी अनुपात (पीई रेसियो) २९० गुणा छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours