३१ साउन, काठमाडाैं । बिहीबार छापावाला सुनको भाउ स्थिर रहेको छ । बुधबार प्रतितोला १ लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको भाउ बिहीबार पनि सोही भाउमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, बिहीबार चाँदी १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ७३५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस सुन २ हजार ४५४ दशमलव ०३ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २७ डलर ७५ पैसामा कारोबार भइरहेको छ ।
+ There are no comments
Add yours