सिटि होटलको नोक्सानी २० करोड ४७ लाख

३० साउन, काठमाडाैं । सिटी होटलले गत आर्थिक वष २० करोड ४७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा केही कम हो । सिटि होटलले अघिल्लो आर्थिक वर्ष २७ करोड २२ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा होटलले ५० करोड ४२ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.५७ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष होटलको सञ्चालन आम्दानी ४७ करोड ३१ लाख रुपैयाँ थियो।

होटलको कुल आम्दानी १४.२५ प्रतिशत बढेर ५८ करोड २३ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, होटलको कुल खर्च २.८१ प्रतिशत बढेर ३७ करोड ७४ लाख रुपैयाँ पुगेको छ भने वित्तीय खर्च ७.३९ प्रतिशतले घटेर ३२ करोड ७३ लाख रुपैयाँ पुगेको छ।

असार मसान्तसम्ममा होटलको प्रतिशेयर आम्दानी १२ रुपैयाँ २३ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ९४ रुपैयाँ ५६ पैसा रहेको छ। चुक्ता पूँजी १ अर्ब ६७ करोड रुपैयाँ रहेको होटलको अन्य इक्विटी ९ करोड ९ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours