कृष्ण बेकरीलाई विभागले तिरायो २ लाख जरिबाना

३० साउन, काठमाडौं । कमलपोखरीस्थित कृष्ण बेकरी एन्ड कन्फेक्सनरीलाई सरकारले २ लाख जरिबाना तिराएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार गरेको बजार अनुगमन क्रममा कैफियत देखिएसँगै जरिबाना तिराएको हो ।

विभागका अनुसार रिलेबलिङ गरेको वा गुणस्तर, परिमाण, मूल्य, नापतौलमा हेरफेर गरेको पाइएसँगै उक्त बेकरीलाई जरिबाना तिराइएको हो । सोही स्थानको कृष्ण पाउरोटी भण्डार प्रालिलाई भने अनुगमनपछि सामान्य निर्देशन दिइएको विभागले जनाएको छ ।

विभागले ललितपुर हरिसिद्धिस्थित आरएस बस्त्रालयमा गरेको अनुगमनपछि १० हजार जरिबाना तिराएको छ । यो पसलमा खरिद बिलबिजक नराखेको र खरिद बिलबिजक समेत नराखेको पाइएको छ ।

यसअघि सोमबारको अनुगमनका क्रममा कागेश्वरी मनोहरास्थित एक बेकरीलाई पनि २ लाख जरिवाना तिराइएको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours