बोझेपोखरी हुँदै इमाडोलतर्फ जाने सडकमा भ्वाङ

३० साउन, काठमाडाैं । ललितपुरको इमाडोलस्थित महालक्ष्मी नगरपालिका-३ बाक्लोगाउँ चोकभन्दा अगाडि नयाँ पुल-बोझेपोखरी हुँदै इमाडोलतर्फ जाने भित्री सडकमा भ्वाङ परेर सवारी आवागमन अवरुद्ध भएको छ।

सडकको झण्डै ३ मिटर क्षेत्रमा भ्वाङ परेको सवारी आवागमन अवरुद्ध भएको ललितपुर प्रहरी प्रवक्ता (एसपी) नरेशराज सुवेदीले जानकारी दिए। सडक भासिनुको कारण खुलेको छैन।

हालै काठमाडौंको कमलादीस्थित न्यूप्लाजाको भवन नजिकको दुई लेन सडक २४ साउनमा भासिएपछि सवारी आवागमन अवरुद्ध छ। त्यो सडक निर्माण सम्पन्न हुन तीन महिना लाग्ने सडक विभागले जनाएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours