सुनको भाउ प्रतितोला ३०० रुपैयाँ घट्यो

३० साउन, काठमाडाैं । सुनको भाउ प्रतितोला ३ सय रुपैयाँ घटेको छ । मंगलबार २१ सय रुपैयाँ बढेको सुनको भाउ बुधबार ३०० रुपैयाँ बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधबार चाँदी १ हजार ७३५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस सुन २ हजार ४६१ दशमलव ५६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २७ डलर ७८ पैसामा कारोबार भइरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours