प्रभु इन्स्योरेन्सको नाफा दोब्बर

३० साउन, काठमाडौं । प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को अपरिस्कृत चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा दोब्बर भएको छ ।

कम्पनीले गत आर्थिक वर्षमा ४९ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा २२ करोड ५० लाख रुपैयाँ थियो ।

कम्पनीको कुल आम्दानी बढ्दा नाफामा टेवा पुगेको छ । कम्पनीको कुल आम्दानी गत आर्थिक वर्षमा १ अर्ब ४१ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षमा ८९ करोड ८० लाख रुपैयाँ थियो ।

खुद प्रिमियम आम्दानी अघिल्लो आर्थिक वर्षमा ५७ करोड ७ लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा ६५ करोड २२ लाख रुपैयाँ छ । नाफासँगै प्रतिसेयर आम्दानी बढेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी १५ रुपैयाँ ६१ पैसा रहेकोमा गत आर्थिक वर्षमा ३४ रुपैयाँ ०५ पैसा छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २२२ रुपैयाँ १९ पैसा छ ।

१ अर्ब ४४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको विशेष कोषमा १ अर्ब २९ करोड रुपैयाँ छ भने महाविपत्ति कोषमा १० करोड ८ लाख छ । कम्पनीको सञ्चित नाफा २५ करोड ६५ लाख रुपैयाँ छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours