सिद्धार्थ बैंकका ग्राहकहरूलाई आगन्तुक रिसोर्टमा १५ % सम्म छुट

२९ साउन, काठमाडौं। सिद्धार्थ बैंक र आगन्तुक रिसोर्ट प्रा.लि. (काठमाडौँ, धुलिखेल) बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरूले धुलिखेल स्थित आगन्तुक रिसर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजमा १५ % सम्मको र रुम ट्यारिफमा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours