ओमोडा ई-फाइभको नयाँ भेरियन्ट ५५ लाख ९९ हजारमा, आधा घण्टामै ३० प्रतिशतबाट ८० प्रतिशत चार्ज हुने प्रविधि

२९ साउन, काठमाडाैं । ओमोडाको ई-फाइभको नयाँ डिलक्स भेरियन्ट नेपाली बजारमा उपलब्ध भएको छ । कम्पनीका अनुसार यसको मूल्य ५५ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

नेपालका लागि ओमोडाको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले उक्त गाडी उपलब्ध भएको जनाएको छ । भाद्र ११ देखि काठमाडौँमा सुरु हुने नाडा अटो शो २०२४ मा ओमोडा ई ५ को यो भेरिएन्ट उपलब्ध हुने भएको हो ।

यस्तै लक्जरी भेरियन्टको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसअघि कम्पनीले ई-फाइभ ६१ लाख ९९ हजार र ६२ लाख ४९ हजारमा बिक्री गर्दै आएको थियो ।

अब नयाँ भेरिएन्ट ई ५ डिलक्स हुनेछ । यसको मूल्य ५५ लाख ९९ हजार रुपैयाँ हुने कम्पनीको भनाइ छ । हाल उपलब्ध मोडलजस्तै मोटर र ब्याट्री पावर भए पनि केही फिचर भने यसमा हुने छैनन् । कम्पनीले केही फिचर घटाइएको जनाएको छ । नयाँ मोडलमा सनरुफ र रियर रिडिङ लाइट, ३६० डिग्री क्यामेरा, प्राइवेसी एन्ड साइलेन्ट ग्लासेज, रियर डाइनामिक टर्निङ लाइट, पडल लाइट र पावर टेलगेट जस्ता फिचर छैनन् । तर यसअघिका अन्य फिचर भने रहने कम्पनीले जनाएको छ ।

यसमा ४३० किलोमिटरको रेन्ज प्रदान गर्नेगरी ६१ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्लेड ब्यट्री रहेको छ । यसमा एलईडी प्रोजेक्टर हेडल्याम्प, १८ इन्च अलोय ह्विल, ब्ल्याक तथा ब्लु र ह्वाइट टोनको लेदर सिटका साथै २४.६ इन्चको ड्युअल स्क्रिन रहेका छन् ।

ओमोडा ई५ को इन्टेरियरमा २४.६ इन्चको डुअल स्क्रिन, २५६ रङको एम्बियन्ट लाइट, प्रिमियम ८ सोनी स्पिकरसहितको क्रोम डोर ह्याण्डल, ५० किलोवाटको वायरलेस चार्जर र भेन्टिलेटेड सिटहरू छन् ।

यसको एक्सटेरियर फिचरमा एक्स आकारको फ्रन्ट फेस, डायनामिक फास्टब्याक आकार, स्ट्यागर्ड–मेट्रिक्स–टेललाइट र टी आकारको डेटाइम–रनिङ–हेडलाइट उपलब्ध छन् । २८ मिनेटमै ३० प्रतिशतबाट ८० प्रतिशतमा चार्ज गर्न सक्ने द्रुत चार्जिङ प्रविधि पनि यसको अर्को आकर्षण हो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours