युक्रेनकाे आक्रमणपछि रुसका ११ हजार बासिन्दालाई सुरक्षित स्थानमा सारियो

२९ साउन, काठमाडाैं । रूस र युक्रेनबीच बढ्दो द्वन्द्वका बीच पछिल्लो समय युक्रेनले रूसी सीमा क्षेत्रमा आक्रमण बढाएको छ । युक्रेनको बढ्दो आक्रमक गतिविधिका कारण रुसको सिमावर्ती बेलगोरोड क्षेत्रको क्रास्नोयारुज्स्की जिल्लाबाट करिब ११ हजार मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको क्षेत्रीय गभर्नर व्याचेस्लाव ग्लेडकोभले मङ्गलबार जनाएका छन् ।

उनका अनुसार विस्थापित मध्ये लगभग एक हजार मानिसहरु हाल अस्थायी आवास केन्द्रहरूमा बसिरहेका छन् ।

“बिग्रदो सुरक्षा अवस्थाका कारण सोमबार आफ्नो घर छोडेका क्रास्नोयारुज्स्की जिल्लाका विस्थापितलाई खानबस्न लगायतका न्युनतम आवश्यकताका सामानहरु प्रदान गरी सुरक्षित स्थानमा राखिएको छ “, ग्लेडकोभले भने ।

यसै क्रममा उनले वर्तमान स्थितिमा चाँडै सुधार भई विस्थापितहरुलाई छिट्टै घर फर्कन अनुमति जारी गरिने आशा व्यक्त गरे ।

You May Also Like

More From Author

+ There are no comments

Add yours