इन्टरनेट सेवाप्रदायक इन्फोकम प्रालि र पर्सा टेलिकम्युनिकेसन्सको लाइसेन्स खारेज

२९ साउन, काठमाडौं । इन्टरनेट सेवाप्रदायक इन्फोकम प्रालि र नेटवर्क सेवाप्रदायक पर्सा टेलिकम्युनिकेसन्सको अनुमतिपत्र खारेज भएको छ । तोकिएको समयमा नवीकरण नगरेपछि यी सेवाप्रदायकको अनुमतिपत्र खारेज गरिएको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

इन्फोकम प्रालि हात्तीसार, काठमाडौंलाई प्रदान गरिएको इन्टरनेट सेवा (ईमेल सहित) अनुमतिपत्र २०८१ साल असार १४ गते समाप्त भएको थियो । उक्त कम्पनीले सेवा सञ्चालन गर्न नचाहेको जानकारी गराएपछि दूरसञ्चार ऐन, २०५३ को दफा २५ (१) अनुसार प्राधिकरणले अनुमतिपत्रको अवधि समाप्त भएको घोषणा गरेको हो ।

यससँगै नियामकले इन्फोकमलाई २०७९/८० आर्थिक वर्षको अडिटेड वित्तीय विवरणअनुसार ग्रामीण दूरसञ्चार विकास कोष तथा रोयल्टी दस्तुर तिर्न बाँकी रहेको रकम यथाशीघ्र बुझाउन आग्रह गरेको छ ।

त्यस्तै दूरसञ्चार प्राधिकरणबाट पर्सा टेलिकम्युनिकेसन प्रा.लि., वीरगञ्ज–८, पर्सालाई २०७६/०४/२२ मा प्रदान गरिएको नेटवर्क सेवाप्रदायकको अनुमतिपत्रको समयावधि मिति २०८१/०४/२१ सम्म रहेकोमा उसले तोकिएको समयावधिभित्र निवेदन पेस नगरेकाले स्वतः अनुमतिपत्र रद्द भएको प्राधिकरणले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours