सुनको भाउ एकैदिन २१ सय रुपैयाँ बढ्यो

२९ साउन, काठमाडाैं । सुनको भाउ एकैदिन प्रतितोला २१ सय रुपैयाँ बढेको छ । सोमबार १०० रुपैयाँ घटेको सुनको भाउ मंगलबार २१ सय रुपैयाँ बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार चाँदी १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस सुन २ हजार ४३१ दशमलव ८७ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २७ डलर ४३ पैसामा कारोबार भइरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours